सोमवार, मंसिर १२, २०७९

कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी


कान्तिपथ


काठमाडौं। नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली मुस्ताङबाट विजयी हुनुभएको छ । यो विजयीसँगै नेपाली कांग्रेसले जितको खाता खोलेको हो ।

प्रतिनिधिसभामा निर्वाचित गौचनले तीन हजार ९९२ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार प्रेम तुलाचनले तीन हजार ७८ मत प्राप्त गर्नुभयो ।

योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुनुहुन्छ । यद्यपि, यस विषयमा मुख्य निर्वाचन कार्यालय मुस्ताङले औपचारिक घोषणा गर्न बाँकी छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत