पोखरा — हिमालपारिको मुस्ताङको प्रदेशसभा १ मा कांग्रेसका नाम्डु गुरुङ विजयी भएका छन् ।
उनले १ हजार ४८ मत ल्याउँदा एमालेका इन्द्रधारा ड्याडु विष्टले ७ सय ९३ मतमात्रै पाए । विष्ट यसअघि उक्त क्षेत्रबाट प्रदेश सांसद थिए ।
उक्त क्षेत्रमा १ हजार ८ सय ५५ मत खसेकोमा १४ मत बदर भएका छन् ।