काठमाडौं । इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको ५.६ म्याग्निच्युडको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ ।५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर (४५ माइल) दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।
भूकम्पले गर्दा सियानजुरको धेरै स्थानमा पहिरो खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ