सोमवार, मंसिर १२, २०७९

सप्तरी २ : सीके राउतभन्दा उपेन्द्र यादव ६ हजार मतले पछाडि


कान्तिपथ


सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत १२७८१ मतका साथ अग्रता कायमै राखेका छन् । सांगठानिक हिसाबले कमजोर देखिएपनि राउतले सुरूदेखि अग्रता कायम राखेका हुन् ।

डा. राउत १२७८१ मत ल्याउँदा उनको प्रतिद्वंदी जसपा अध्यक्ष उपेन्द्र यादवले ६३४७ मत पाएका छन् । जसपा-एमालेको तालमेल भय पनि सीके राउत सो तालमेल तोड्न सफल देखिदै छन ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले २ हजार ४२१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

सप्तरी २ करिब ६२ हजार मत खासेकोमा करिब साढे २३ हजार गणना भइसकेको छ । जसपाको संगठन र स्थानीय तहको मतको हिसाबले अब्बल देखिएको ठाउँमा पनि सीकेले लिड गरेका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत