सोमवार, मंसिर १२, २०७९

गोरखा क्षेत्र नं २ : माओवादी केन्द्रका अध्यक्ष दाहालको फराकिलो अग्रता


कान्तिपथ


गोरखा । प्रतिनिधिसभा सदस्य गोरखा क्षेत्र नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो अग्रता कायम गर्दैै लैजानुभएको छ ।

पछिल्लो मतपरिणाम अनुसारसम्म करिब छ हजार मतपत्र गणना गर्दा उहाँले तीन हजार सात सय ८५ मत प्राप्त गर्नुभएको छ । अध्यक्ष दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले नौ सय ३५ मतका साथ पछ्याई रहनुभएको छ । त्यस्तै नेकपा (एमाले)का अब्दुस सलाम मियाँले अहिलेसम्म आठ सय ६४ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ समानुपातिक तर्फको मतगणना पनि भइरहेको छ । अहिलेसम्म समानुपातिकतर्फ माओवादी केन्द्रले एक हजार सात सय ९४ नेपाली कांग्रेस एक हजार ६३, नेकपा (एमाले)ले दुई सय ९० मत र राष्ट्रिय स्वतन्त्र पार्टीले दुई सय ७४ मत प्राप्त गरेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिनुभयो ।

त्यस्तै गरी, प्रदेशसभातर्फ समानुपातिमा २ (१) मा माओवादी केन्द्रले एक हजार चार सय ७८ मत र एमालेले सात सय ७८ मत प्राप्त गरेको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत