क्रिष्टियानो रोनाल्डोले इङग्लिस क्लब म्यानचेस्टर युनाइटेड छाडेका छन्। मंगलबार राति क्लब र रोनाल्डोबीचको दुईपक्षीय सम्झौता अनुसार नै उनले क्लब छाडेका हुन्। योसँगै पोर्चुगिच कप्तान रोनाल्डो फ्रि एजेन्ट बनेका छन्।
पछिल्लो समय पियस मोर्गानसँगको अन्तर्वातामा रोनाल्डोले युनाइटेडका प्रशिक्षक र मालिकविरुद्ध आपत्तिजनक कुराहरू भनेका थिए। त्यसपछि क्लब र रोनाल्डोबीच विवाद सुरु भएको थियो।
अब कतारमा विश्वकप सकिएपछि रोनाल्डो कुन क्लबमा जान्छन् भन्ने कुराको भने कुनै पनि टुंगो लागेको छैन।