बुधबार, माघ २, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • चुनाव हारेको पिडा भुलाउन रक्सी खाएर पल्टिने हैन ढुंगा बोक्न आउनुस : हर्क

चुनाव हारेको पिडा भुलाउन रक्सी खाएर पल्टिने हैन ढुंगा बोक्न आउनुस : हर्क


कान्तिपथ


आमनिर्वाचनमा पराजित राजनीतिक दलका नेताहरुलाई पीडा भुलाउन धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नयाँ उपाय जुराएका छन् । “पीडा भुलाउन रक्सी खाएर पल्टिने होइन”,उनले भनेका छन् ।

निर्वाचनमा तुलनात्मक रुपमा युवा पुस्ता र नयाँ अनुहार विजयी भएकाले पराजित ती नेतालाई उनले धरानमा सम्मानका साथ ढुंगा बोक्न आमन्त्रण गरेका छन् । ढुंगा बोकेपछि ठूलो पेट घट्ने र मानिस स्वस्थ हुने उनको दावी छ ।

सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब हार्नेहरुले पीडा भुलाउन रक्सी खाएर पल्टिनुभन्दा धरानमा सम्मानका साथ ढुंगा बोक्न आउनुहोला । ठूलो पेट घटेर मान्छे नि स्वस्थ हुन्छन् ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत