रुकुमपूर्व १ (१) मा स्वतन्त्र उम्मेदवार सुरुल पुन निर्वाचित भएका छन् । मंगलवार साँझ सम्पन्न मतगणनाअनुसार ५३३ मतान्तरले माओवादी केन्द्रका तेजबहादुर ओलीलाई पछि पार्दै पुन निर्वाचित भएका हुन् । पुनले जम्मा ४ हजार ४६५ मत प्राप्त गरका छन् भने उनका निकटतम प्रतिस्पर्धी ओलीले ३ हजार ९३२ मत ल्याए ।
यसअघि ओली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनी सत्ता गठबन्धनको समर्थनमा पुनः उम्मेदवार बनेका थिए । माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य रहेका सुरुल पुनले भने आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका दिए ।
देशमा माओवादी द्वन्द्व चलिरहेको थियो। मार्ने र मर्ने सामान्य जस्तै थियो। २०५८ मंसिर १० गते सोलुखुम्बुमा रहेको नेपाली सेनाको आक्रमणमा सुरुल पुन ‘अजयशक्ति’ गम्भीर घाइते भए। साथिहरुले मरेको ठानेर उनलाई जंगलमा कतै स्याउलाले पुरेर अगाडि बढे।
मरेको अनुमानमा लाश भनेर जंगलमा फालिएको सुरुल होसमा आउँदा तिर्खाले सतायो तर पानी नपाएपछि आफ्नै पिसाब पिउनुको बिकल्प भएन। छापामार युद्धको पहिलो सफलता २०५३ माघ १६ गते पुथाउत्तरगंगा १२ प्युवाङ चौकिका हतियार कब्जा गरेपछि माओवादी लडाकुभित्र हिरो बनाइएका सुरुल यतिबेला राष्ट्रिय हिरो बनेका छन्।
२०४९ सालमा जनमोर्चाको विद्यार्थी युवा संगठन हुँदै २०५२ सालदेखि भूमिगत भएका उनी सुरक्षा कमाण्डर भए। १० वर्ष लडाकु भएर युद्ध लडेका सुरुलको जन्म २०३५ वैशाख १५ गते भएको हो। सोलुखुम्बुका लामाहरुलाई धर्म बुवाका रुपमा सम्बोधन गर्ने उनलाई चौरीको दुध र जडिबुटिले नयाँ जीवन दियो।
अहिलेसम्म लाभको पदमा नबसेका सुरुलको फोक्सोमा आज पनि द्वन्द्वको अवशेष गोली बसेको छ। लाभको पदका कुरा नगरौं उनी अहिलेसम्म उपभोक्ता समितिमा समेत बसेका छैनन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ