सिन्धुपाल्चोक– १ मा लोकतान्त्रिक –वाम गठबन्धनका माओवादीका उम्मेदवार माधव सापकोटा ‘सुबोध’ विजयी भएका छन्। गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य एवं प्रदेशसभा निर्वाचनको भर्खर सम्पन्न मतगणनामा उनले नेकपा (एमाले) का सरेश नेपाललाई तीन हजार ३५४ मतान्तरले पछि पार्दै विजयी भए।
नवनिर्वाचित सापकोटाले ३० ३७४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपालले २७ हजार १८ मत पाएका निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए।
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ (क) मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल शरदले जित दोहोर्याएका छन्। अन्तिम मतपरिणाम अनुसार दुलाल दुलालले २० हजार ९०६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अमान सिं तामाङले १२ हजार १ सय ३९ मत प्राप्त गरेका छन्।
उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ। त्यस्तै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र न.१ अन्तर्गत प्रदेश सभा (ख) बाट ४११२ को भारी मतले विजयी भएका छन् । तिनै सिट जितेका माओवादीका यी युवा नेताहरुलाई ३स को उपनामले चिनिन्छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ