सोमवार, मंसिर १२, २०७९

यी चर्चित ४ को जमानत जफत : १० हजार फिर्ता नहुने


कान्तिपथ


साझा पार्टी नेपालका मिलन पाण्डेको जमानत जफत भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका पाण्डेको जमानत जफत भएको हो ।

यस क्षेत्रको कुल सदर मत ४२ हजार ५१७ छ । पाण्डेले सदर मतको ५.५ प्रतिशत मत प्राप्त गरे । सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधिसभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् ।

यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रन्जु न्यौपाने (दर्शना)को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिएकी रन्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् । तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गर्न सकिन् । यस क्षेत्रको सदर मत ४४ हजार २४९ छ । यसमा रन्जुले ६०० मत प्राप्त गरेकी हुन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत