सोमवार, मंसिर १२, २०७९

चितवन १ मा पनि घण्टी बज्यो : पुर्वअर्थमन्त्री र अर्थशास्त्री पराजित


कान्तिपथ


पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार भएका अर्थशास्त्री विश्वनाथ पौडेललाई पराजित गर्दै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् ।

ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएको चितवन १ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिए । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गरे ।

३८ वर्षीय युवक हरि ढकालले एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे र अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेललाई भारी मतान्तरले पराजित गरेका छन् । पाण्डे ७० सालको संविधान सभा सदस्य निर्वाचन र ७४ सालको प्रतिनिधि सभा सदस्य निर्वनचनमा चितवन १ बाटै विजयी भएका थिए । १४ महिना राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भएका पौडेल सो पदबाट राजीनामा दिएर उम्मेदवार भएका थिए ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत