शनिबार, माघ २६, २०८१

निखिल उप्रेतीका दाईले चुनाव जिते


कान्तिपथ


सर्लाही क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका छन्। उनले आफ्ना निकट प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारलाई ७७० मतान्तरले पराजित गरेका हुन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र साह कलवारले ३२ हजार १६८ मत ल्याएका छन्।

उप्रेती २०७० मा भएको दोस्रो संविधान सभा निर्वाचनमा पनि एमालेबाट सर्लाही ३ बाटै निर्वाचित भएका थिए। त्यबेला उनले माओवादीका भरत थापालाई पराजित गरेका थिए।

प्रतिनिधिसभामा निर्वाचित हुने उप्रेती अभिनेता निखित उप्रेतीका दाइ हुन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत