शुक्रबार, फाल्गुन २, २०८१

माधवसँगै बसेका दाईले जिते : ओलीको पछि लाग्ने भाईले हारे !


कान्तिपथ


एमाले फुटेर केपी ओली र माधव नेपालको दुई पार्त्टी बन्दा दुईतिर लागेका पाण्डे दाजुभाई मध्ये एकले जित र एकले हारे बेहोरेका छन्। पार्टी विभाजनसँगै सुरेन्द्र पाण्डे र राजेन्द्र पाण्डे पनि फरकफरक कित्तामा उभिएका थिए।

भाई सुरेन्द्र नेकपा एमालेका उपाध्यक्ष हुन् भने दाई राजेन्द्र नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष हुन्। राजेन्द्रको निर्वाचन क्षेत्र धादिङ–१ हो भने सुरेन्द्रको चितवन–१।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेका राजेन्द्रले धादिङ–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। ०७४ मा धादिङ १ (क) बाट प्रदेशसभा सदस्य बनेका राजेन्द्र यो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्। आठ हजार मतान्तरहित निर्वाचित भएका राजेन्द्र यसअघि २०४८, २०५१, २०५६ र २०७० मा धादिङबाटै निर्वाचित भएका थिए। उनले आफ्नै सहकर्मी एमालेका भूमिप्रसाद त्रिपाठीलाई राजेन्द्रले हराए। त्रिपाठीले २७ हजार नौ सय ५३ मत प्राप्त गर्दा उनले ३५ हजार ९ सय ३४ मत प्राप्त गरे।

सुरेन्द्र भने चितवन–१ बाट पराजित हुन पुगे। गत ०७४ को निर्वाचनमा राजेन्द्र प्रदेशसभामा र सुरेन्द्र प्रतिनिधिसभामा निर्वाचित भएका थिए। घण्टी चुनाव चिह्न लिएर चितवन–१ मा उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालले सुरेन्द्रलाई ७ हजार ५ सय ८१ मतान्तरले पराजित गरेका हुन्।

उनीहरु दुवै एमालेमा हुँदा पनि माधव नेपाल निकटका नेताहरु मानिन्थे। एमाले विभाजनतर्फ जाँदैगर्दा सुरेन्द्र पनि सुरुमा ओलीको विरोध गर्दै नेपालको समर्थनमा थिए। पार्टी विभाजन हुँदा दाजु राजेन्द्रले नेपालको साथ छाडेनन्। सुरेन्द्र भने १० बुँदे सहमति गर्दै ओलीतिरै ढल्किएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत