बिहिबार, माघ २४, २०८१

माधव नेपालका सम्धी हराउदै पाल्पा २ मा ठाकुर गैरे निर्वाचित


कान्तिपथ


प्रतिनिधिसभा सदस्यतर्फ पाल्पा क्षेत्र नम्बर–२ बाट नेकपा (एमाले)का उमेदवार ठाकुर गैरे विजयी भएका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् । उनी ‘डेब्यु’ प्रतिस्पर्धामै सफल भए ।

गैरेले निवर्तमान सांसद समेत रहेका नेकपा (एकीकृत समाजवादी)का नेता सोमप्रसाद पाण्डेलाई पराजित गरे । उनीहरूको जितहारको अन्तिम मतपरिणाम भने घोषणा हुन बाँकी छ । अब केही बेरमा घोषणा हुने जनाइएको छ ।

०५१ सालदेखि सोही क्षेत्रबाट निरन्तर उमेदवार बनेका पाण्डेको यो दोस्रो पराजय हो । निर्वाचित गैरे र पराजित पाण्डे पूर्वसहकर्मी पनि हुन् । पाण्डे पार्टी अध्यक्ष माधव नेपालका सम्धी हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत