विश्वकप फुटबलमा वेल्स इरानसँग पराजित भएको छ। खेलको ८६ औं मिनेटमा १० खेलाडीमा समेटिएको वेल्स अतिरिक्त समयमा २ गोल खाँदै एशियन देश इरानसँग स्तब्ध भएको हो।
वेल्सका गोलरक्षक हेनेस्सेले रातो कार्ड खाँदै मैदान छाडे। याे विश्वकपमा रातोकार्ड खाने उनी पहिलो खेलाडी हुन्। हेनेसले इरानका मेहदी तारेमीलाई खराब ट्याकल गरेपछी रेफ्रिले भिएआरको सहायतामा रातोकार्ड देखाएका हुन्।
अतिरिक्त समयको ८ औं मिनेटमा रुजबेह चेस्मीले गोल गर्दै इरानलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि इरानले दोस्रो गोल थप्दै महत्वपुर्ण ३ अंक बटुल्दै अन्तिम १६ को संभावना जिवित राखेको हो। इरानका लागि दोस्रो गोल रामिन रेजाएनले गरे।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ