शनिबार, साउन ३, २०८२

कतार विश्वकप : समूह ‘ई’ र समूह ‘एफ’ का आज चार खेल हुदै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज आईतबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा आईतबार समूह चरण अन्तर्गत समूह ‘ई’ र समूह ‘एफ’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो खेलमा समूह ‘ई’ मा रहेको जापान र कोस्टारिकाबिच ३:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा जापानले बलियो मानिएको जर्मनीलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

कोस्टारिका पहिलो खेलमा स्पेनसँग ७-० को अन्तरमा पराजित भएको थियो ।

दोस्रो खेलमा समूह ‘एफ’ का बेल्जियम र मोरक्को बिच प्रतिस्पर्धा हुनेछ ।

बेल्जियम र मोरक्को बीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा क्यानडालाई १-० गोलअन्तरले पराजित गरेको बेल्जियम आजको खेलमा पनि जित हात पार्न चाहान्छ । पहिलो खेलमा मोरक्कोले क्रोएसियासँग गोलरहित बराबरी गरेको मोरक्को भने पहिलो जित हात पार्न चाहान्छ ।

समूह ‘एफ’ का क्रोएसिया र क्यानडा बीचको खेल राति ९:४५ बजे सुरु हुनेछ । क्रोएसिया र क्यानडा पहिलो जितको खोजीमा रहेका छन् ।

पहिलो खेलमा क्रोएसियाले मोरक्कोसँग गोलरहित बराबरी र क्यानडा भने बेल्जियमसँग पराजित भएको थियो ।

पाली समय अनुसार राति १२:४५ बजे सुरु हुने चौंथो खेलमा समूह ‘ई’का जर्मनीले स्पेनको सामना गर्नेछ ।

पहिलो खेलमा हार व्यहोरेको जर्मनी पहिलो जित निकाल्ने योजनामा रहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत