कांग्रेस महामन्त्री एवं काठमाडौँ ४ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद गगन थापाविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीसँग मिलेर कांग्रेस र गठबन्धनका उम्मेदवारविरुद्ध संगठित रुपमा असहयोग गरेको उजुरी परेको छ। उजुरी प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवासमक्ष पुगेको हो।
यसरी उजुरी गर्नेमा काठमाडौँ क्षेत्र नम्बर ६ मा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भीमसेनदास प्रधान, चितवन २ बाट उम्मेदवारी दिएका मन्त्री उमेश श्रेष्ठ र डलर अर्बपति तथा नवलपरासी पश्चिम १ बाट उम्मेदवार भई जितेका कांग्रेस उम्मेदवार विनोद चौधरीले पनि थापा समूहले स्वतन्त्र पार्टीसँग मिलेर अन्तर्घात गरेको दाबी सभापति देउवासँग गरेको स्रोतले बतायो।
उजुरी गर्न पुगेका सबैले थापाको निर्वाचन क्षेत्र काठमाडौँ ४ मा स्वतन्त्र पार्टीको उम्मेदवार नहुनुलाई चासोका साथ् उठाएका छन्।