आइतवार, अशोज २७, २०८१

रेशम चौधरीका बुबा र श्रीमती नै संघिय सांसद


कान्तिपथ


प्रतिनिधिसभा निर्वाचन कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन्। ३० हजार ४०४ मत ल्याउँदै उनी विजयी भएकी हुन। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतान्तरले पराजित गरेकी हुन्।

यो क्षेत्रबाट ०७४ सालको चुनावमा रञ्जिताका श्रीमान् रेशम चौधरी भारी मतान्तरले जितेका थिए। उनी टीकापुर घटनामा दोषि ठहर भएर जेल जीवन बिताइरहेका छन्।

रेशम पत्नी रञ्जिता जित निकालेर कैलाली १ मा विरासत जोगाउन सफल भएकी छन्। उनी यसपटक सुदूरपश्चिमबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने एक्ली महिला पनि बनेकी छन्।

बर्दिया २ बाट विजयी भएका रेशमका बाबु लालवीर चौधरी प्राविधिक रूपमा स्वतन्त्र भए पनि उनीसमेत नागरिक उन्मुक्ति पार्टीकै सांसद हुन् । बर्दिया २ मा रेशम चौधरीले पार्टीबाट र लालवीर चौधरीले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । किनकि जेलमा रहेका रेशमको उम्मेदवारी खारेज हुने सम्भावना थियो । भयो पनि त्यही । उनको उम्मेदवारी खारेज भएपछि लालवीर नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उम्मेदवार कायम रहेका थिए ।

गत वर्ष मात्र गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसद्‌मा महत्त्वपूर्ण उपस्थिति जनाएको छ । कुनै पनि पार्टीको एकल बहुमत नआउने निश्चित भएकाले सरकार निर्माणमा नागरिक पार्टीको महत्त्वपूर्ण भूमिका हुने देखिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बेलुका डिल्लीबजारस्थित जेलमा रहेका नेता रेशम चौधरीलाई भेट्न पुगे । प्रचण्डले चौधरीसँग एक्लै वार्ता गरे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत