आइतवार, असार २९, २०८२

९५ लाख ७३ हजार सदर मत हुँदा कसलाई कति ?


कान्तिपथ


मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ। मंगलबार बिहान ९ बजेसम्म प्रतनिधि सभाका १६५ क्षेत्रमध्ये १५९ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ६ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेका ३ क्षेत्रमध्ये २ मा नेपाली कांग्रेसले अग्रता लिएको छ भने एकमा एमालेले अग्रता लिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल ९५ लाख ७३ हजार ७५ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

एमालेले २५ लाख ८४ हजार १९२ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ५२ हजार ८३ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ६४७ मतका साथ तेस्रो स्थानमा रहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार २५९ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ५१ हजार १०७ मत पाएको छ । जनता समाजवादी पार्टी, नेपालले ३ लाख ५७ हजार ४६४ मत र जनमत पार्टी २ लाख ९९ हजार ८७३ प्राप्त गर्दै राष्ट्रिय दल बन्न अग्रसर हुँदा नेकपा एकीकृत समाजवादी २ लाख ६४ हजार ४७२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ४५ हजार २९१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ३७ हजार ७१६ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत