बुधबार, माघ ३०, २०८१
  • गृहपृष्‍ठ
  • समाज
  • सरकारी पैसामा गाउँपालिका अध्यक्ष/उपाध्यक्षको रजाई : १८ लाखको दालचामल किने !

सरकारी पैसामा गाउँपालिका अध्यक्ष/उपाध्यक्षको रजाई : १८ लाखको दालचामल किने !


कान्तिपथ


गुल्मीको मदाने र धुर्कोट गाँउपालिकाको अघिल्लो कार्यकाल अर्थात् आर्थिक बर्ष ०७८-०७९ मा प्रमुख र उपप्रमुखका नाममा रु. १८ लाख ७१ हजार बराबरको दाल, चामल र तरकारी खरिद गरिएको तथ्य बाहिरिएको छ । गाउँपालिकाको बजेटबाट आफ्नो घरको दालचामल खरिद गरेको कुरा महालेखा परीक्षककै प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक बर्ष ०७८÷०७९ मा मदानेमा दानबहादुर के सी प्रमुख र उपप्रमुखमा सरिता खड्का थिइन् । धुर्कोट गाँउपालिकामा भूपाल पोखरेल प्रमुख र उपप्रमुखमा शिव के सी थिए ।

२०७९ को स्थानीय चुनावमा धुर्कोटमा भूपाल पोखरेल र मदानेमा सरिता खड्का प्रमुख र उपप्रमुखमा निर्वाचित भई बहाल छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत