बिहिबार, मंसिर २१, २०८०

२२ वटा माेटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण


कान्तिपथ


काठमाडौँ । विभिन्न मिति तथा समयमा चोरी भएका २२ वटा सवारी साधन आज सवारी धनीलाई हस्तान्तरण गरिएको छ । रामशाहपथ स्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १६  वटा मोटरसाइकल र ६ ओटा स्कुटर धनीलाई हस्तान्तरण गर्नु भएको हो । 

यो आर्थिक वर्ष सुरु भए पश्चात् सवारी साधन हराएको भनी ५९२ वटा निवेदन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए । प्राप्त निवेदनको आधारमा खोजी गर्दा फेला परेका २०४ वटा सवारी साधनमाथि ट्राफिक प्रहरीले अनुसन्धान गरेको थियो । जस मध्ये साउन महिनामा ७३ वटा, भदौमा ४० वटा, असोजमा ३० वटा, कात्तिकमा १४ वटा र केही दिन अगाडी ६ वटा सवारी साधन  ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइ सकेको छ । धनी नखुलेका ३६ वटा सवारी साधन भने यातायात व्यवस्था कार्यालय र भन्सार कार्यालयमा बुझाइएको छ । 

सवारी साधन जथाभाबी पार्किङ नगर्नुहुन र पार्किङ गरिएका सवारी साधनमा पनि सुरक्षाका उपाय (डिक्स लक,  ह्याण्डिल लक, सेक्युरिटी साइरन आदि) अपनाई सुरक्षित स्थानमा मात्रै पार्किङ गर्न हुन सम्बन्धित सबैलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक भट्ट अनुरोध गर्नु भएको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत