मङ्लबार, माघ २९, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • इरानका सर्वोच्च नेताकी भान्जीको विश्व समुदायलाई आह्वान– तेहरानसँग सम्बन्ध तोड्नू

इरानका सर्वोच्च नेताकी भान्जीको विश्व समुदायलाई आह्वान– तेहरानसँग सम्बन्ध तोड्नू


कान्तिपथ


तेहरान । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीकी भान्जी तथा प्रख्यात अधिकारबादी कार्यकर्ताले विदेशी सरकारहरूलाई तेहरानसँग सम्बन्ध तोड्न आह्वान गरेकी छिन् । सेप्टेम्बरमा प्रहरी हिरासतमा रहेकी युवतीको मृत्युपछि देशभर फैलिएको हिंसा नियन्त्रण गर्न सरकारले चरम दमन गरिरहेका बेला फरीदेह मोरादखानीले यस्तो आह्वान गरेकी हुन् ।

इन्जिनियरसमेत रहेकी मोरादखानीका दिवंगत बुबा एक प्रमुख प्रतिपक्षी व्यक्तित्व थिए । उनले अयातोल्लाह खामेनीकी बहिनीसँग विवाह गरेका थिए ।

मोरादखानीले आह्वान गरेको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरिएको छ । मानव अधिकार कार्यकर्ता न्युज एजेन्सी (एआरएएनए)ले उनलाई २३ नोभेम्बरमा गिरफ्तार भएको जनाएको थियो ।  स्वतन्त्र मानिसहरू, हामीसँग रहनुहोस् र आफ्नो सरकारहरूलाई तेहरानको यो हत्यारा शासनलाई समर्थन गर्न बन्द गर्न भन्नुहोस्’, मोरादखानीले भिडियोमा भनेकी छिन, ‘यो शासन आफ्नो कुनै पनि धार्मिक सिद्धान्तप्रति वफादार छैन । बल र शक्ति कायम राख्न बाहेक सरकारलाई कुनै नियम थाहा छैन ।’

सेप्टेम्बरको तेस्रो सातादेखि फैलिएको हिंसामा ४५० जना प्रदर्शनकारी मारिएको एआरएएनएले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत