रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका नेपाली कांग्रेसका मोहन आचार्य क वर्गका निर्माण व्यवसायी हुन् । आचार्यले दोस्रो नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई पराजित गरेका हुन् । आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाए । आचार्यको रसुवा कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गमा रहेको निर्माण कम्पनी हो । उनि इन्जिनियर पनि हुन् ।
३४ हजार ३६२ मत ल्याएर चुनाव जितेका राप्रपाका विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन नेपालको ‘क’ वर्गको ठेकदार कम्पनी हो । उनी अघिल्लो पटक माओवादी अध्यक्ष प्रचण्डसंग पराजित भएका थिए ।
रामेछापबाट प्रतिनिधि सभा सदस्य बनेका कांग्रेका कान्छाराम तामाङ पनि विवादित ठेकदार हुन् । उनले नेकपा एमालेका कैलाशप्रसाद ढुंगेललाई १६ हजार ३६९ को फराकिलो मतान्तरले पराजित गरेका थिए । उनको कान्छाराम कन्स्ट्रक्सन पनि नेपालको ‘क’ वर्गको ठेकेदार कम्पनी हो ।