शुक्रबार, जेष्ठ ३, २०८२

विश्वकपमा आज ४ खेल: अर्जेन्टिना र पोल्याण्ड भिड्दै


कान्तिपथ


कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् ।

पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल ८ः४५ बाट सुरु हुनेछ ।

यस खेलहरुबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ ।

यस खेलहरुबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत