चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ। सिन्ह्वाका अनुसार उनको सांघाईमा निधन भएको हो। उनी ९६ वर्षका थिए। बुधबार उनको मृत्युको घोषणा गरिएको हो।
उनी ल्युकिमिया (एक प्रकारको क्यान्सर) बाट पीडित थिए भने शरीरका अंगहरुले काम गर्न छोडेका थिए। उनी सन् १९९६ मा नेपालको औपचारिक भ्रमणमा समेत आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री शेर बहादुर देउवासँग भेटेका थिए।