स्याङ्जा क्षेत्र नम्बर २ को मतगणना जारी छ। पछिल्लो मतपरिणाम अनुसार यहाँ नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले अग्रता कायम राखेकी छिन्। अर्यालले २ हजार ९ सय २० मत प्राप्त गरेकी छिन्।
अर्यालले सुरुवातदेखि नै अग्रता कायम राखेकी हुन्। त्यस्तै, अर्यालकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका धनराज गुरुङले २ हजार ९ सय ९ मत प्राप्त गरेका छन्।
उनीहरुबीच ११ मतको अन्तर छ। यसअघि धनराजभन्दा पद्मा ४४४ मतले अघि थिइन्। अहिले भने धनराले अफ्नो मतान्तर घटाएका छन्।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिक राज गुरुङले ५ सय ८९ मत प्राप्त गरेका छन्। चुनाव सकिएको १० दिनपछि बुधबार राति ९ बजेबाट यहाँको मतगणना सुरु भएको हो।
स्याङ्जा–२ मा मतदानमा धाँधली भएको भन्दै मतगणना रोकिएको थियो। स्थलगत अनुगमन र अनुसन्धानपछि निर्वाचन आयोगले मतगणना अघि बढाउने निर्णय गरेको हो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ