बाजुरामा मतगणना सुरु हुने भएको छ। सर्वदलीय सहमति भएपछि अहिले साढे ३ बजेबाट मतगणना सुरु हुन लागेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जानकारी दिए।
यसअघि पटक पटक बसेको सर्वदलीय बैठकमा पनि सहमति जुट्न सकेको थिएन्। निर्वाचन आयोगले बुधबार बाजुरामा पुनः मतदान नगर्ने निर्णय गर्दै गणना सुरु गर्न निर्देशन दिएको थियो। तर अझैसम्म मतगणना सुरु हुन सकेको छैन।
बुधबारको बैठकमा पनि एमालेका प्रतिनिधि सहभागी भएका थिएनन्। मतदानको दिन हत्या गरिएका एमाले निकट अनेरास्ववियुका चेतन ऐडीको घटनामा संलग्न दोषिलाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै एमाले आन्दोलनमा छ।
मतदानको दिन बाजुराका विभिन्न ठाउँमा गरेर २० भन्दा बढी ठाउँको मतदानमा विवाद उत्पन्न भएको थियो। जसले गर्दा बाजुरामा पुनः निर्वाचन गराउने वा मतगणना गर्ने अन्योल थियो। निर्वाचन आयोगको निर्णय पश्चात् उक्त अन्योलता हटेपनि मतगणना भने सुरु हुन सकेको छैन।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ