शुक्रबार, असार ६, २०८२

झलनाथमाथि बम पड्काएकोदेखि मतपेटिका साट्न खोजेकोसम्म आरोप


कान्तिपथ


नेकपा एमाललेले नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाललाई जथाभावी नबोल्न चेतावनी दिएको छ।

इलाम क्षेत्र नं. १ को निर्वाचन प्रक्रियामा प्रश्न उठाउँदै खनालले कर्मचारीसँग मिलेर एमालेले धाँधली गरेर आफूलाई हराएको आरोप लगाएपछि यस्तो प्रतिक्रिया आएको हो।

एमालेले मंसिर ४ को निर्वाचनमा पराजित भएपछि खनालले हतास मानसिकता बोकेर जथाभावी अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएकोछ।

एमालेले लोकतान्त्रिक अभ्यास तथा जनताको अभिमतलाई सम्मान गर्न पनि खनाललाई स्मरण गराएको छ।

यही मङ्सिर ४ गते भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा इलाम क्षेत्र नं. १ को मतदान प्रक्रियादेखि नै सत्ता गठबन्धनका उम्मेदवार खनालले लगाएको आरोपप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै एमाले उम्मेदवार एवम् पार्टीका अन्य नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको समेत आरोप इलाम एमालेले लगाएको छ।

‘नेकपा (एमाले) को राम्रो जनाधार भएको माईजोगमाई गाउँपालिका वडा नं. ५, सोयाङ सिरिसेमा मतदानको दिन मतदातालाई त्रसित बनाउन बम पड्काउनु, माई नगरपालिकाबाट मतपेटिका गणनास्थलसम्म ल्याउने गाडीलाई लक्षित गरी बम पड्काउनु, गोर्खेमा मतपेटिका साट्ने दुष्प्रयास गर्नुजस्ता आपराधिक क्रियाकलापले जनताको जनमतको आधारमा होइन जालझेल र षड्यन्त्र गरेर जसरी पनि चुनाव जित्ने गठबन्धनका उम्मेदवार खनालको अभीष्ट थियो जुन पूरा हुन सकेन,’ एमालेले भनेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत