कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज (बिहीबार) समूह चरणका चार खेलहरु हुँदैछन् ।
समूह अन्तर्गत तेश्रो तथा अन्तिम चरणको खेलको तेश्रो दिन आज चार खेल हुन लागेका हुन्।
यस संगै अब समूह चरणको खेलपछि विश्वकपको नकआउट चरणमा पुग्ने १६ राष्ट्र पुग्ने छन ।
आजको चार मध्ये दुई खेल नेपाली समयानुसार राति ८:४५ तथा दुई खेल १२:४५ बाट शुरु हुनेछन् ।
राति ८:४५ बाट शुरु हुने दुई खेलमा समूह ‘एफ’ को क्रोएशियाले बेल्जियम तथा मोरक्कोले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
आजको खेल पछि समूह ‘एफ’ बाट प्रि-क्वाटरफाइनलमा पुग्ने दुई टोलीको टुङ्गो लाग्ने छ ।
अघिल्ला दुई मध्ये एक खेलमा जित तथा एक खेलमा बराबरी नतिजाका साथ ४ अंक सहित क्रोएशिया समूहको शिर्ष स्थानमा रहेको छ ।
समान नतिजाका साथ ४ रै जोडेको मोरोक्को तेश्रो स्थानमा रहँदा एक जित र एक हारका साथ ३ अंक रहेको बेल्जियम तेश्रो स्थानमा रहेको छ ।
यस संस्करणको विश्वकपका आफ्नो अन्तिम खेल खेल्न लागेको क्यान अंक विहिन रहँदै समूहको पुछारमा रहेको छ ।
किनकी अघिल्ला दुवै खेलमा लगातार पराजय भोगेको क्यानडा विश्वकपबाट यसअघि नै बाहिरी सकेको छ ।
यस्तै राति १२:४५ बाट शुरु हुने समूह ‘ई’ को दुई खेलमा जापानले स्पेन तथा कोस्टारिकाले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस समूहको आजको यी दुवै खेल निकैनै रोमाञ्चक साथै महत्वपूर्ण हुने अनुमान गरिएको छ ।
यस समूहमा अघिल्ला दुई मध्ये एक खेल जित्दै एक खेल बराबरी खेलको स्पेन ४ अंकसहित समूहको शिर्ष स्थानमा रहेको छ।
एक जित तथा एक हारको नजिताका साथ जापान ३ अंकसहित समूहको दोश्रो स्थानमा रहँदा समान नजिताकासहित ३ अंक नै रहेको कोस्टारिका तेश्रो स्थानमा रहेको छ।
यस्तै एक बराबरी खेल्दै एक खेलमा पराजय भोगेको बेल्जियम १ अंककासहित समूहको पुछारमा रहेको छ ।
अन्तिम १६ मा आफ्नो स्थानमा सुरक्षित गर्नको लागि बेल्जियमलाई कोस्टारिकाबिरुद्धको आजको खेल जित्नैपर्ने हुन्छ ।
आजको खेलपछि समूह ‘ई’ र ‘एफ’ बाट प्रि-क्वाटरफाइनलमा पुग्ने शिर्ष दुई-दुई गरि चार टोली टुङ्गो लाग्ने छ ।
३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको विश्वकपमा सहभागी राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।
पहिलो पटक एशियाली राष्ट्र कतारमा जारी विश्वकप अन्तर्गतका खेलहरु विभिन्न आठ रंगशालामा संचालन हुँदै आएका छन् ।
कुल ६४ खेल हुने जारी २२ औं संस्करणको विश्वकपको फाइनल खेल डिसेम्बर १८ मा हुनेछ ।