आइतवार, फाल्गुन ४, २०८१

एमालेका सचिवको चेतावनी : नागरिकताको विषयमा ठोस निर्णय नलिए आन्दोलन !


कान्तिपथ


नेकपा एमालेका सचिव रघुवीर महासेठले अब बन्ने सरकारले नागरिकता विषयमा ठोस निर्णय नलिए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

एमालेले मधेशमा नागरिकताको विषयमा ठोस निर्णयका लागि पहल गर्ने भनेर नै मतदातासमक्ष चुनाव अघि प्रतिवद्धता व्यक्त गरेकाले त्यसका लागि आफू गम्भीर रहेको उनले बताए।

उनले नयाँ सरकार बनेको ३ महिनाभित्रै नागरिकता समस्या समाधान गर्न ठोस निर्णय नगरिए मधेश मात्र नभई देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए।

नागरिकता नपाएर ७ लाखभन्दा बढी युवाको भविष्य अन्योलमा रहेको उनको भनाइ थियो। यद्यपि माओवादीसँग अहिले तालमेल गर्ने हाम्रो कुनै योजना नरहेको उनको भनाइ थियो। ‘वामपन्थीहरुको नेता शेरबहादुर देउवा हुन सक्दैनन् तर प्रचण्डजी उनकै शरणमा पुग्नु भएको छ, त्यस्ता वामपन्थी कहलाउनेसँग हामीले के तालमेल गर्ने।’

पुराना गल्तीहरुको समीक्षा गरेर मात्रै आए त्यस विषयमा विचार गर्न सकिने महासेठको भनाइ थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत