नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग पार्टी एकताको सम्भावनालाई तत्कालका लागि खारेज गरेको छ ।
नेकपा एसका महासचिव बेदुराम भुसालले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकताको प्रचार निराधार भएको र अहिलेसम्म त्यसबारे वार्ता वा संवाद केही पनि नभएको प्रष्ट पारेका छन् ।