शनिबार, अशोज १३, २०८०

बाजुराबाट प्रतिनिधिसभामा कांग्रेसका बद्रि पाण्डे निर्वाचित


कान्तिपथ


एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डे निर्वाचित भएका छन्। निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कर्णबहादुर थापालाई पराजित गर्दै कांग्रेसका पाण्डे प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्।

विजयी पाण्डेले ३१ हजार ७८६ मत प्राप्त गरेका छन् भने एमालेका थापाले २६ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

यस्तै उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जंगबहादुर गिरीले २०७ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका रामबहादुर शाहीले ७३ र स्वतन्त्र टेकबहादुर बडुवालले ११४ मत प्राप्त गरेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत