बुधबार, माघ ३०, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • दोलखाको प्रदेश ख मा केसी निर्वाचित : सूर्यमुखी कांग्रेसले हराएको लामाको आरोप !

दोलखाको प्रदेश ख मा केसी निर्वाचित : सूर्यमुखी कांग्रेसले हराएको लामाको आरोप !


कान्तिपथ


दोलखाको प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामालाई १ हजार ८०९ मतको अन्तरले हराउँदै एमालेका केसी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।

केसीले १९ हजार ४१४ मत ल्याएका छन्। कांग्रेसका लामाले १७ हजार ५९५ मत ल्याए। कांग्रेस जिल्ला सभापति समेत रहेका लामाले ‘सूर्यमुखी कांग्रेस’का कारण पराजय बेहोर्नु परेको बताएका छन्।

अन्तर्घात भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सूर्यमुखी काँग्रेसहरु जसले जित्दा-जित्दैको निर्वाचन हराउन सफल हुनुभयो। त्यस्ता नेता तथा कार्यकर्ता र पत्रकारजीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु।’

दोलखाका केही निर्वाचन क्षेत्रमा धाँधली भएको प्रमाणित भएपछि मंसिर १५ गते पुन: निर्वाचन भएको थियो। प्रदेश सभा १ मा कांग्रेसका कुन्दन काफ्ले र प्रतिनधि सभामा एमालेका बालकृष्ण शिवाकोटीले अग्रता लिइरहेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत