शनिबार, अशोज १३, २०८०

दोलखामा माओवादीका कार्की विजयी : एमालेका जिल्ला सचिवको राजिनामा


कान्तिपथ


दोलखामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका बालकृष्ण शिवाकोटीलाई उनले ५१८ मतान्तरले पराजित गरेका हुन् ।

समानुपातिकको मतपेटिकामा प्रत्यक्षतर्फको गणना पनि गर्ने सर्वदलीय बैठकमा सहमति भएकाले अंकमा तलमाथि हुन सक्ने बताइएको छ ।

जम्मा खसेको ८५ हजार ६ सय मतमध्ये कार्कीले ३६ हजार ९९५ र शिवाकोटीले ३६ हजार ४७७ मत प्राप्त गरेका छन् । साथै पार्टीका उम्मेदवार पराजित भएको भन्दै एमालेका जिल्ला सचिव हिरा थोकरले राजिनामा दिएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत