शुक्रबार, असार ६, २०८२
  • गृहपृष्‍ठ
  • खेलकुद
  • जापानलाई पेनल्टी शुटआउटमा हराउँदै क्रोएशिया क्वार्टरफाईनलमा प्रवेश

जापानलाई पेनल्टी शुटआउटमा हराउँदै क्रोएशिया क्वार्टरफाईनलमा प्रवेश


कान्तिपथ


साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।  

जापानलाई हराउँदै क्रोएशिया फिफा विश्वकप २०२२ को क्वार्टरफाईनलमा पुगेको हो ।

कतारको अल जानोब स्टेडियममा सोमबार भएको प्रि–क्वार्टरफाईल खेलमा जापानलाई पेनल्टी शुटआउटमा ३–१ गोल अन्तरले हराउँदै क्रोएशियाले क्वार्टरफाईनलमा स्थान पक्का गरेको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

पेनाल्टीमा गोलकिपर डोमिनिक लिभाकोभिच चम्किएपछि क्रोएसियाले बाजी मार्यो ।

क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले पेनाल्टीमा गोल गरे । मार्को लिभाजा पेनाल्टीमा चुके ।

जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् । तीनै जनाको पेनाल्टी प्रहार क्रोएसियाका गोलकिपर डोमिनिकले बचाए ।

पेनाल्टीमा जानु अघि खेलमा सुरुआती अग्रता भने जापानले बनाएको थियो ।

खेलको ४३ औं मिनेटमा डाईजेन माएडाले गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए । योशिदाको पासमा उनले गोल गरेका हुन् ।

Image

तर, दोस्रो हाफमा क्रोएसिया खेलमा फर्किएको थियो ।

खेलको ५५ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । उनले डेजोन लेभ्रोनको पासमा हेडमार्फत उत्कृष्ट गोल गरे ।

यस जितसँगै क्रोएसिया तेस्रो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियाले अब ब्राजिलसँग क्वाटरफाइनलमा खेल्नेछ ।

यता, जापान भने पुन: राउण्ड अफ १६ बाट बाहिरिएको छ

Image


सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत