लामो विवादपछि इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व हुने यौनसम्पर्क र विवाहबाह्य सम्बन्धलाई अपराध मान्ने नयाँ फौजदारी कानून पारित गरेको छ ।
अब दोषी प्रमाणित भए ६ महिनादेखि एक वर्ष सम्मको जेल सजाय हुनेछ । तर, इन्डोनेसियाका कानुनमन्त्रीले नयाँ फौजदारी संहिता तीन वर्षपछि लागु हुने स्पष्ट पारेका छन् ।
नयाँ कानुनलाई अधिकांश सांसदले समर्थन गरेका छन् । संसदको विशेष बैठकमा उपसभामुखले नयाँ ऐनलाई औंल्याउदै यो अब ‘कानून’ भएको बताए ।
समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाका सामाजिक कार्यकर्ताहरूले नयाँ कानूनको विरोध गरिरहेका छन् । यसले मुस्लिम बाहुल्य देशमा नागरिकको स्वतन्त्रता खोस्न सक्ने मानिसहरूको बुझाई रहेको छ ।
इन्डोनेसियाका कानून तथा मानव अधिकार मन्त्री यासोना लियोलीले भनिन्, ‘हामीले सबै महत्त्वपूर्ण मुद्दा र फरक विचारलाई मिलाउन सक्दो प्रयास गरेका छौं । यद्यपि, दण्ड संहिता र औपनिवेशिक युगको संशोधनलाई स्वीकार गर्ने समय आएको छ । कानूनलाई पछाडि छोड्नुहोस् ।’
इन्डोनेसियाको नयाँ दण्ड संहिताको सबैभन्दा विवादास्पद अनुच्छेदमा विवाहपूर्वको यौनसम्बन्ध र गैर दम्पतीबीचको सम्बन्धलाई अपराधीकरण गर्नु रहेको छ ।
नयाँ आपराधिक कानूनलाई लिएर धेरै मान्छेहरू डराइरहेका छन् । यी नियमहरूले इन्डोनेसियामा बस्ने एलजिबिटीक्यू समुदायमा ठूलो असर पार्नेछ, किनभने समलिङ्गी विवाहलाई त्यहाँ अझैं कानूनी मान्यता मिलेको छैन् ।
कानून मन्त्रालयका प्रवक्ता अल्बर्ट एरिसले नयाँ कानूनको बचाउ गर्दै यसले विवाह जस्ता संस्थाहरूलाई जोगाउन सहयोग गर्ने प्रतिकृया दिएका छन् । उनका अनुसार विवाहपूर्व र विवाहबाह्य यौनसम्पर्कमा पति वा पत्नी, आमाबुवा वा छोराछोरीले अब गुनासो गर्न सक्नेछन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ