विश्वकप फुटबलको क्वार्टरफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति नकआउटको अन्तिम खेलबाट पोर्चुगल क्वार्टरफाइनलमा पुगेसँगै ८ वटै टोलीको टुंगो लागेको हो।
एउटा समूहबाट नेदरल्याण्ड्स, अर्जेन्टिना, क्रोएसिया र ब्राजिलले क्वार्टरफाइनलमा स्थान बनाएका छन्। अर्को समूहबाट इङ्ल्याण्ड, फ्रान्स, मोरक्को र पोर्चुगल क्वार्टरफाइनलमा पुगेका हुन्।
अब सेमिफाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र अर्जेन्टिना तथा क्रोएसिया र ब्राजिल भिड्ने छन्। यसअघि २०१४ को विश्वकपमा नेदरल्याण्ड्स र अर्जेन्टिना सेमिफाइनलमा भिडेका थिए।
अर्को समूहका इङ्ल्याण्ड र फ्रान्स तथा मोरक्को र पोर्चुगल भिड्नेछन्। साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले अन्तिम ८ मा स्थान बनाएका छन्।
क्वार्टरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया भिड्नेछन्। शुक्रबार राति ८ :४५ बजे सर्वाधिक सफल टोली ब्राजिलले साविक उपविजेताको सामना गर्नेछ।
त्यसैराति १२ः४५ बजे अर्जेन्टिना र नेदरल्याण्ड्स भिड्दैछन्। शनिबार राति मोरक्को र पोर्चुगल भिड्ने छन्। राति ८ः४५ बजे यो खेल हुनेछ। अर्को खेलमा शनिबार मध्यराति १२ः४५ बजे इङ्ल्याण्ड र फ्रान्स भिड्नेछन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ