सर्लाही । मुसहर महिला सशक्तिकरण मञ्च चन्द्रनगरको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान २०७९ क्रममा मुसहर महिला सशक्तिकरण मञ्चका महिलाहरूले चन्द्रनगरमा जनचेतना मूलक ¥याली तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका छन् ।
चन्द्रनगरको बानटोल, पोखरीया, बडकुर्वा, नाडीताल, कामत, बिर्ता बजारका २ सय ५० भन्दा भन्दा बढी मुसहर महिलाहरूले विभिन्न चेतनामूलक सन्देश सहित ब्यानर, पर्चा र पम्मप्लेटमा श्रम शोषण बन्द गरौँ, जाँडरक्सी बन्दगरौं, समान ज्याला कायम गरौँ, बालबालिकालाई पढ्न पठाऔँ, छुवाछूत बन्द गरौँ, भूमिहीन सुकुमबासीहरुलाई जग्गा दिलाऔँ भन्ने नारा लेखेका प्लेकार्ड सहित नारा लगाउँदै बजार परिक्रमा गरेका थिए । ¥यालीमा चन्द्रनगर गाउँपालिकाका प्रमुख राजकुमार महतो, इश्वरपुर इलाका प्रहरी कार्यालयका प्रमुख रौसन थापा, मुसहर अगुवाहरू र साप नेपालका कार्यक्रम संयोजक सहित अन्य किशोर किशोरीहरू, महिलाहरू, बिद्यार्थीहरु र मुसहर अगुवाहरू सहभागी थिए ।
अण्डेफर साउथ एसिया पार्टनरसीप नेपाल (साप नेपाल) को सहयोगमा मुसहर महिला सशक्तिकरण मञ्चको आयोजनामा ¥याली तथा अन्तरक्रिया कार्यक्रम भएको साप नेपालका कार्यक्रम संयोजक जनक कार्कीले बताउनुभयो ।
¥यालीपछिको कोणसभालाई संशोधन गर्दै मुसहर महिला सशक्तिकरण मञ्चकी अध्यक्ष पतीदेवी माझीले समुदायमा अझै पनि दलितहरूको श्रम चल्ने तर उनीहरूले छोएको पानी नचल्ने समस्या रहेको बताउनुभयो । समूहको अगुवा शिवकली देवी माझीले दलितका बालबालिका माथि विद्यालयमा समेत भेदभाव र हिंसा हुने गरेको हुँदा आफूहरू समुदाय स्तरबाटै हिंसा विरुद्ध एकजुट भएको बताउनुभयो ।
मुसहर अगुवा पचुलाल माझीले दसकौँ देखि विभिन्न बिभेद सहँदै आएका मुसहर समुदायका महिलाहरू केही समय यता आफ्नै अगुवाइमा लैङ्गिक हिंसाविरुद्ध कार्यक्रम आयोजना गरेर सडकमा आएको देख्दा खुसी लागेको बताउनुभयो । चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले शिक्षा, स्वास्थ्य, आर्थिक, सामाजिक र राजनीतिक हिसाबले पछाडि परेका सीमान्तकृत समुदायका मुसहर महिलाहरू अधिकार खोज्दै सडकमा आएकाले आगामी दिनमा समुदायमा महिला हिंसा, बाल विवाहको घटनाहरू कम हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले १२ कक्षा पास गरेर २० बर्ष पछि विवाह गर्ने बालिकालाई ५० हजार रुपैयाँ विवाहको मण्डवमा गएर दिने बताउनुभयो । उहाँले १२ कक्ष माथि पढ्न चाहेमा ११ हजार रुपैयाँ सहयोग गर्ने बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ