मङ्लबार, बैशाख ९, २०८२

रवि लामिछानेको चुनावी खर्च: ११ लाख ८१ हजार


कान्तिपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन कार्यालयमा बुझाएका छन्। यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन–२ बाट निर्वाचित लामिछानले ११ लाख ८१ हजार चार सय ७२ को खर्च विवरण बुझाएका हुन्।

मतदाता नामावली खरिद, सवारीसाधन, सवारी इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, बैठक, अन्य प्रचारप्रसार, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा सांसद लामिछानेले खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले जानकारी दिए।

सभापति लामिछानेले यसअघि नै सामाजिक सञ्जालमार्फत आफ्नो खर्च विवरण सार्वजनिक गरेका थिए। लामिछानेले प्रत्येक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने बताउँदै आएका छन्।

चितवनमा अन्य उम्मेदवारहरूले पनि खर्च विवरण बुझाइरहेका कार्यालयले जानकारी दिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत