बनेपा–बाँसडोल सामुदायीक बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १६ औ वार्षिक साधारणसभा बाट सुरेन्द्र महतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
समितीको उपाध्यक्ष राजन थापा, सचिब रामकृष्ण कुवंर, कोषाध्यक्ष कल्पना कुवंर र सदस्यहरुमा श्याम बहादुर भुजेल, लक्ष्मी खड्का, गोकुल बहादुर कुवंर, प्रलाद सत्याल, उद्धब वाग्ले, आशिष शर्मा वाग्ले, हरी खड्का, पुजा हमाल र शान्ता थापा चयन भए । त्यसै गरी लेखा तथा सुपरिबेक्षण समितीको संयोजक कञ्चन भुजेल, सदस्यमा गीता दाहाल र राम विक्रम खड्का निर्विरोध चयन भएका छन् ।
सस्थाको १६ औं वार्षिक साधारण सभाको उद्घाटन बनेपा नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामबहादुर कुवंरले गरेका थिए , कुवंरले वडामा रहेको सहकारीले सदस्यहितका लागी काम गर्न सुझाब दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी महेन्द्रज्योती बास्डोल उप शाखाका सभापती तथा संस्थाका प्रमुख सल्लाहकार मुकुन्द शर्मा, वडा सदस्यहरु, विभिन्न सघं सस्थाका प्रतिनिधी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको आर्थिक बर्ष २०७८/०७९को वार्षिक प्रतिबेदन रामकृष्ण कुवंरले, आर्थिक प्रतिबेदन कोषाध्यक्ष हरीरशण विष्ट र लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक उद्धब वाग्लेले सभामा प्रस्तुत गरेका थिए ।
संस्थाको कुल शेयर पुजीं १ करोड ७८ लाख ४३ हजार, कुल निक्षेप १३ करोड ५३ लाख २९ हजार, ऋण लगानी १४ करोड ८५ लाख १३ हजार रहेको छ । संस्थाले सदस्यहरुका लागी विभिन्न कार्यक्रमहरु गर्दे आएको संस्थाका अध्यक्ष वकिल नाथ शर्माले बताए । वार्षिक कार्यायोजनाका साथ सस्था अगाडी बढेको वताउदै शर्माले सदस्य अभिमुखीकरण तालिम, शिक्षा शिबिर, अध्ययन अबलोकन भ्रमण, सुत्केरी भेटघाट, रासनायीक मल खरिद विक्रि, वित्तिय साक्षरता लगाएतका विभिन्न सामाजिक कार्यहरु गर्दे आएको शर्माले बताए । कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ सदस्यहरुलाई सम्मान, उत्कृष्ट शेयर सदस्य, ऋणी, बचत कर्ता र कर्मचारीलाई सम्मान गरिएको ब्यबस्थापक अनन्तप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।
नवनिर्वाचित पदाधिकारी हरु :
१. अध्यक्ष सुरेन्द्र महत
२. उपाध्याय राजन थापा
३. सचिब रामकृष्ण कुवर
४. कोषाध्यक्ष कल्पना कुवर
५. सदस्य प्रल्हाद सत्याल, शान्ता थापा, उद्धब वाग्ले, लक्ष्मि खड्का , पुजा हमाल, हरि खड्का , आशिष् शर्मा वाग्ले, श्याम बहादुर भुजेल, गोकुल बहादुर कुवर,
६. लेखा तथा सुपरिवेक्षण समिती
क. सम्योजक कन्चन भुजेल
ख. सदस्य गिता दाहाल
ग. सदस्य राम बिक्रम खड्का
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ