सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ । यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ । उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो । आईजीपीको कार्यकाल लम्बिदा सोपानक्रममा रहेका जुनियर अधिकारीहरुको क्यारियर भने ड्यामेज हुने तर्फ पनि गृहको एक समूहले चिन्ता ब्यक्त गरेको छ ।
३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाउने तयारी छ । सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गर्ने गरि तयारी भएको गृह निकट स्रोतले बतायो ।
नेपाल प्रहरीमा हाल उमेर हद, पदावधि र ३० वर्षे सेवावधि पूरा भएर अवकाश पाउँछन् । प्रहरीमा ३० वर्षे सेवा अवधि २०४९ देखि लागु भएको थियो । त्यति बेला प्रधानमन्त्री शेरबहादुर देउवा नै थिए । गृहले तयार गर्ने ३० वर्षे सेवा अवधि हट्न अर्थ मन्त्रालयको सहमति चाहिन्छ । स्रोतका अनुसार उक्त प्रस्तावमा अर्थमन्त्री जनार्दन शर्मा पनि पोजेटिभ छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ