शुक्रबार, साउन २, २०८२

काठमाण्डौमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस : चिसो अझ बढ्ने


कान्तिपथ


काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौमा चिसो बढेको छ ।

काठमाण्डौ उपत्यकासँगै देशभर चिसो बढ्दो क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पश्चिम तथा मध्य तराई क्षेत्रमा बिहानीपख हुस्सु र कुहिरो पनि लागेको थियो । तर तराईमा केही दिनदेखि बिहान लाग्ने गरेको हुस्सु र कुहिरो घाम लागेसँगै क्रमिक रूपमा हट्ने गरेको छ ।

आज राति लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा नै रहने अनुमान छ । तापक्रम घट्दै जानेक्रम रहेकाले चिसो बढ्ने र चिसोबाट जोगिन आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत