बुधबार, असार २५, २०८२

किसानलाई उन्नत जातको भैँसी वितरण 


कान्तिपथ


डडेल्धुरा । गन्यापधुराका किसानलाई उन्नत जातको भैँसी वितरण गरिएको छ । युएनडिपी सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाको साझेदारीमा हरित उत्थानशीलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत भैँसी वितरण कार्यक्रम लागू भएको हो ।

जनप्रतिनिधि र सिड्स नेपालका प्रतिनिधिको सहभागितामा गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई एक÷एक उन्नत जातको मुर्रा भैँसी वितरण गरिएको परियोजनाका संयोजक देवीलाल उपाध्यायले जानकारी दिनुभयो । गन्यापधुरा ३ र ५ मा लागू भएको उक्त कार्यक्रममा पहिलो चरण गन्यापधुरा ५ कोरालखोलाका १० किसानलाई मुर्राभैंसी वितरण गरिएपछि किसानहरू खुसी भएका छन् । 

किसानको जीवनस्तर उकास्ने उद्देश्यले दूध उत्पादनमा प्रेरित गर्न भैँसी अनुदान दिएको गन्यापधुरा गाउँपालिका अध्यक्ष इन्द्र कार्कीले जानकारी दिएका छन् । उक्त क्षेत्रलाई भैँसीको पकेट क्षेत्र विस्तार गरि दूध सङ्कलन केन्द्रको स्थापनाका साथै बजारीकरणको समेत व्यवस्था गरिने अध्यक्ष कार्कीको भनाई रहेको छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत