शनिबार, माघ २६, २०८१

गण्डकी प्रदेश सभाका लागि छानिए समानुपातिक सांसद


कान्तिपथ


पोखरा I गण्डकी प्रदेश सभाका लागि राजनीतिक दलहरूले समानुपातिक सांसदको सूची छनोट गरेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाले समानुपातिकतर्फका सांसद छनोट गरेर पठाएका छन् ।

गण्डकी प्रदेश सभामा समानुपातिकतर्फ एमालेले १०, काँग्रेसले ९, माओवादी केन्द्रले ३ र राप्रपाले २ सिट पाएको थियो । 

गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ १८ क्षेत्रमा जित हासिल गरेको काँग्रेसले दलित कोटा बाट दिलमाया पौवी र टीकाकुमारी बस्याललाई प्रदेश सभा सदस्य बनाएको छ भने जनजाति बाट विमला गौचन, रेखा गुरुङ, सरस्वती गुरुङ र पार्वती तामाङ लाई प्रदेश सभा सदस्य बनाएको छ । खस आर्य बाट सरस्वती अर्याल तिवारी, चम्पादेवी खड्का र कल्पना तिवारी रहनुभएको छ ।

गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ १२ सिट जितेको एमालेले समानुपातिक प्रणाली बाट खस आर्यको कोटा बाट यशोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाशबहादुर केसी, आदिवासी जनजाति बाट बिनाकुमारी थापा, निर्मला थापा, राजकुमारी भुजेल र लीलाबहादुर थापामगर, दलित बाट नन्दकला दमाई र गोविन्दबहादुर नेपालीलाई प्रदेश सभा सदस्य बनाएको छ ।

गण्डकी प्रदेश सभामा बाबुराम भट्टराई नेतृत्वको पार्टीको एक जनालाई हसिया हथौडा चुनाव चिन्ह दिएर लडाएको सहित चार सिट प्रत्यक्ष जितेको माओवादी केन्द्रले समानुपातिक प्रणाली बाट कुसुम बुढामगर, सुशीला सिंखडा र दमयन्ती रुचाललाई प्रदेश सभा सदस्य बनाएको छ ।

त्यस्तै राप्रपाले पञ्चराम गुरुङ र विन्दु पहाडीलाई प्रदेश सभा सदस्य बनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत