बुधबार, मंसिर २०, २०८०

काङ्ग्रेस सोलुबाट तामाङ प्रदेश समानुपातिक सांसद


कान्तिपथ


सोलुखुम्बु । प्रत्यक्षमा कुनै सिट नजितेको नेपाली काङ्ग्रेस सोलुखुम्बुबाट डोल्मा तामाङ प्रदेशसभाको समानुपातिक सांसदमा चयन हुनुभएको छ ।

काङ्ग्रेस नेतृ तामाङलाई काङ्ग्रेसले प्रदेश १ को समानुपातिक सांसदका लागि सिफारिस गरेपछि सोलुखुम्बुले एक जना प्रदेश सांसद पाएको हो । उहाँ आदिवासी जनजातितर्फको महिला कोटाबाट सिफारिसमा पर्नुभएको काङ्ग्रेसले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा समेत शून्य रहेको नेपाली काङ्ग्रेस सोलुखुम्बुले यस पटक एक जना सांसद पाएको हो । नेतृ तामाङ नेपाल महिला सङ्घको केन्द्रीय सदस्य, नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुनुहुन्छ । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत