बुधबार, असार २५, २०८२

महानगर दिवस : ८९ सामुदायिक विद्यालयमा सरसफाइ


कान्तिपथ


काठमाडौँ I काठमाडौँ महानगरपालिकाले आज आफ्नो क्षेत्रभित्रका ८९ वटा सामुदायिक विद्यालय परिसरमा सरसफाइ गरेको छ ।

 कामपाले  आफ्नो २८ औँ महानगर दिवसका अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज बिहान  सामुदायिक विद्यालयको सरसफाइ गरेको हो । 

कार्यक्रममा कामपाले विद्यालयलाई नियमित रुपमा सफा राख्न सफाइ उपकरण उपलब्ध गराएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो । विद्यालय सफा गर्न अभिभावक, शिक्षक र जनप्रतिनीधिको सहभागिता थियो । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत कामपाले नदी, विश्व सम्पदा क्षेत्र, खुला स्थानको सरसफाइ, चित्रकला÷निबन्ध र वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेको छ ।  

कार्यक्रमको विशेष दिन अर्थात् यही मङ्सिर २९ गते विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै गुरुहरुको सम्मान,  स्वस्थ्य शिविर सञ्चालन र विभिन्न विधाका लागि सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको  छ । दमकल सेवालाई विस्तार गरी घटनास्थलमा छिटो पुग्न सक्ने वातावरणका लागि बालाजु औद्योगिक क्षेत्रमा दमकल राखिने कार्यक्रमको पनि यही मङ्सिर २८ गते बिहान उद्घाटन गरिनेछ ।  

विसं २०५२ मङ्सिर २९ गते तत्कालीन काठमाडौँ नगरलाई  महानगर घोषण गरेपछि हरेक वर्ष मङ्सिर २९ लाई महानगर दिवसका रुपमा मनाउने गरिएको हो ।  विसं  १९७६ पुस २ गते स्थापना गरिएको  सफाइ अड्डाको  संस्थागत संरचना विकास हुँदै २०५२ साल सङ्सिर २९ गते काठमाडौँलाई महानगर घोषणा गरिएको हो । 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत