हिन्दुवादी पार्टी राप्रपाले ‘क्रिश्चियन’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र विद्रोह हुन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।
विश्व हिन्दु महासंघ नेपालले एमालेमा खस आर्यको कोटावाट एकनाथ ढकाल र क्रिश्चियन मिसनमा संलग्न राप्रपाकी विना लामालाई जनजातिका नाममा समानुपातिक सांसद बनाएर हिन्दू राष्ट्र पुनःस्थापनाको लक्ष्यलाई कमजोर पार्न खोजिएको भन्दै विरोध गरेको छ ।
महासंघले जारी गरेको विज्ञप्तिमा जनताको मनोभावना विपरीत हिन्दु धर्म र ॐ कार विरोधी कामकार्यमा नलाग्न सचेत गराइएको छ ।