नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसी र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेट भएको छ। टोखास्थित डा. भट्टराईको निवासमा दुई नेताहरुबीच बुधबार भेट भएको हो।
भट्टराईसँग झण्डै डेढ घण्टा लामो छलफल भएको नेता केसीको सचिवालयले पुष्टि गरेको छ। तर, छलफलको विषयबारे केही खुलाएको छैन। नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य केसीले मंगलबार बेलुकी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेट गरेका थिए।