मङ्लबार, अशोज ९, २०८०

हुम्लाको कार्की दम्पति : श्रीमती सांसद, श्रीमान गाउँपालिका उपाध्यक्ष


कान्तिपथ


कर्णालीमा प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ चार सिटमा महिलालाई सांसद बनाएको छ। माओवादी केन्द्रले प्रदेशसभाका लागि सिफारिस गरेका चार जना महिला सांसदहरू सबै माओवादीका उच्च पदमा रहेका नेताहरूका श्रीमती परेका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य रामलाल विककी श्रीमती उर्मिला विक डोल्पाबाट समानुपातिक सांसद बनेकी छन् । नेकपा माओवादी केन्द्र कालीकोटका संयोजक लक्ष्मी चौलागाइँकी श्रीमती यशोदा न्यौपाने समानुपातिक सांसद छिन । न्यौपाने वाईसियल नेपालको निवर्तमान उपाध्यक्ष हुन् ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक सचिन रोकाकी श्रीमती मिलन खड्का महिला कोटाबाट समानुपातिक सांसद छिन । प्रेस सेन्टर नेपालको अध्यक्षका आकांक्षी रोका अध्यक्ष बन्न नसकेपछि पार्टीमा व्यवस्थापन गरिएको थियो ।

हुम्लाको सर्केगाड गाउँपालिकाका पार्टी अध्यक्ष तथा पालिकाका उपाध्यक्ष चन्द्रबहादुर कार्कीकी श्रीमती जुम्कित लामा कार्की पनि समानुपातिक सांसद बनेकी छिन् । कार्की पार्टीको प्रदेश कमिटी सदस्य हुन् । चन्द्रबहादुर कार्कीले पालिका उपाध्यक्षमा ३२६९ मत ल्याएर विजयी भएका थिए भने उनकी प्रतिद्वन्दी एमालेकी जुन कुमारी फडेराले १०६४ मत ल्याएकी थिईन ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत