बिहिबार, माघ २४, २०८१

विश्वकपको फाइनल खेल पोल्यान्डका रेफ्रीले खेलाउने


कान्तिपथ


पोल्यान्डका सायमन मार्चिनियाकले आइतबार हुने कतार फिफा विश्वकपको फाइनल खेल खेलाउने भएका छन् । लुसेल मैदानमा हुने फाइनलमा दुई पटकका च्याम्पियन अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ ।

४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् ।

कतारका अब्दुलरहमान अली जासिमले तेस्रो स्थानको खेल खेलाउने छन् । तेस्रो स्थानको लागि क्रोएसिया र मोरक्कोबीच शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा भिडन्त हुनेछ । अब्दुलरहमानलाई तालेव अलि मारी र साउद अहमेद अल्माकलेहले सहायक रेफ्रीमा सहयोग गर्नेछन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत